नेपाली चलचित्र डमरुको डण्डीबियो बैशाख २१ गते रिलिज हुने

काठमाण्डौँ । फागुन १६,नेपाली चलचित्र डमरुको डण्डीबियो बैशाख २१ गते रिलिज हुने भएको छ ।
पशुपती प्रसाद, धनपती, टलकजंग भर्सेस टुल्के जस्ता फिल्म आफै लेखेर आफै अभिनेताका रुपमा पनि स्थापित भएका खगेन्द्र लामिछाने यस फिल्ममा फिल्मका मुख्य अभिनेता हुन्। छेतन गुरुङको निर्देशन रहेको फिल्म समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गरेको फिल्ममा काली प्रसाद बास्कोटाको संगीत रहनेछ।