केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिम्बावेले नेपाललाई दियो ३८१ रनको विशाल लक्ष

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २०, आईसीसी विश्वकप छनोट अन्तर्गतको आजको पहिलो खेलमा आयोजक जिम्बावेले नेपाललाई ३८१ रनको विशाल लक्ष दिएको छ । टस जितेर  घरेलु टोली जिम्बावेले ब्याटिङ रोजेको थियो । क्वीन्स स्पोर्ट्स क्लबमा बिस्फोटक ब्याटिङ् शुरुवात गरेको जिम्बावेका लागि सिजुवाओले ४१, एसएफ मिरेले ५२, मास्कट्जाले १७, सीआर एरभिनले ३४, बीआरएम टैलरले १०० रन र सिकन्दर राजाले १२३ रन तथा वालर र क्रिमरले क्रमश अभिजित १ र ४ रन योगदान गरे । नेपाल बाट बसन्त रेग्मी र सोमपाल कामीले समान २ /२ विकेट तथा सन्दिप लामिछाने र ललित नारायण राजबंशीले समान १ /१ विकेट हात पारे।
नेपाल केही बेरमा जवाफी ब्याटिङ्मा उत्रँदै छ ।

प्रकाशित : 4 March, 2018

प्रतिक्रिया दिनुहोस्