सन्नी लियोनले पाइन् सरोगेसीबाट २ सन्तान
एजेन्सी- बलिउड अभिनेत्री सन्नी लियोनले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरी सन्नी लियोनले लेखेकी छिन्, ‘यो ईश्वरको कृपा हो । २१ जुन २०१७ त्यस्तो दिन थियो । जुन दिन मेरो श्रीमान् र मैले केही समयमै तीन सन्तानका अभिभावक हुने अपेक्षा गरेका थियौं ।’ थपिन्, ‘हामीले योजना बनाएरै परिवार बढाउने सोच बनायौं । वर्षौंपछि असर सिंश वेबर र निशा कौर वेबर प्राप्त ग¥यौं ।’
केही दिनअघि आफूले सन्तान जन्माएको भन्दै ईश्वरले आफ्ना लागि यो योजना बनाएर राखेको उल्लेख गरेकी थिइन् । ‘हामी असाध्यै सुन्दर तीन सन्तानका आमाबुवा भएकोमा खुशी छौं । यो सवैका लागि सरप्राइज हो,’ उनले भनेकी छिन् ।
यसअघि धर्म पुत्री ग्रहण गरेको सन्नीको जोडीमाथि प्रश्न उठ्यो, ‘के यी बच्चा तपाईंका बायोलोजिकल सन्तान हुन् । के तपाईंले जन्मदिनुभएको हो र ?’ उनले केही समयपछि उत्तर दिँदै लेखिन्, ‘धेरै वर्षदेखिको सरोगेसी (भाडामा कोख लिएर बच्चा जन्माउने विधि) बाट सन्तान जन्माउने योजना बनाएको थियौं । त्यो अहिले आएर पूरा भयो । म खुशी छु।’