केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक अदभुत ठाउँ जहां भूतको मेला लाग्छ ।

सहयात्रा टिभी

भारतको झारखण्डमा एक यस्तो ठाउँ छ जहा भुतहरुको मेला लाग्ने गर्दछ । झारखण्डको पलामु भन्ने जिल्लामा नवरात्रको समयमा भुतको मेला लाग्ने गर्दछ । नवरात्रको पहिलो दिनबाट नै मानिसहरु आफ्नो भित्र रहेको खराब आत्मालाई हटाउनका लागि त्यहाँ जाने गर्दछन् । त्यस ठाउँमा हैदरनगर भन्ने ठाउँ रहेको छ जहाँ भगवती मन्दिर रहेको छ । उक्त मन्दिरमा खराब आत्माहरुलाई भगाउने गरिन्छ । त्यहाँ हरेक वर्ष मेला लाग्ने गर्दछ जहाँ भुतप्रेतबाट पीडित मानिसहरु जाने गर्दछन् । त्यहाँ अशिक्षत तथा महिलाहरु जाने गर्दछन् । उनीहरुको विश्वास छ की यदि कसैमा खराब आत्माको नजर भएको भए मेलामा झुम्न थाल्दछ ।

त्यहाका भुत भगाउने हरुले मानिसको शरीर भित्र रहेको आत्म सँग पनि बातचित गर्ने विश्वास गरीन्छ । त्यहाँ भुत भगाउने चक्करमा कतिपय मानिसहरु शारिरिक शोषण र चोटपटक सहित फर्किने गरेको पनि पाइन्छ ।

प्रकाशित : 5 March, 2018

प्रतिक्रिया दिनुहोस्