पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ प्रदान

सहयात्रा टिभी

काठमाडौं । सरकारले पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । राजधानी काठमाडौं आएको केही घण्टाभित्रै सैनिक मञ्च टुडिखेलमा आयोजित एक विशेष समारोहका विच अब्बासीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख बनेका छन् । यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो ।

प्रकाशित : 5 March, 2018

प्रतिक्रिया दिनुहोस्