केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेसवुक विवादले १० कक्षामा पर्ने विद्यार्थीको हत्या

सहयात्रा टिभी

काठमाडौं । फागुन -२२, काठमाडौंको गंगबु स्थित एक विद्यालयमा कक्षा १० मा पढ्ने एक जना विद्यार्थीको आफ्नै साथीहरुबाट हत्या भएको छ । गोगंबु स्थित गणेश हिमाल बोर्डिङ स्कुलमा अध्ययनरत छात्र कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यस अघि पनि उनलाई माघ २७ गते पनि तारकेश्वर नगरपालिका ४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो ।
विद्यार्थीले बनाएको फेसबुक ग्रुपको विषयलाई लिएर विवाद रहेको  र त्यो बढ्दै जाँदै उनकै साथीहरुले वर्देवाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न आठजनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 6 March, 2018

प्रतिक्रिया दिनुहोस्