अश्लिल भिडियो पठाएको आरोपमा छायाँकार तथा निर्माता डिक खड्का पक्राउ

काठमाण्डौँ । फागुन–२२, प्रहरीले साइबर क्राइमको अभियोगमा फिल्म निर्माता तथा छायाकार डिक खड्कालाई पक्राउ गरेको छ। खड्कालाई फिल्म सम्पादक तारा थापा ‘किम्बे’ की श्रीमती सावित्री बुर्जालाई सामाजिक सञ्जालमा लामो समयदेखि अश्लील फोटो तथा भिडियो पठाएको भनि परेको उजुरीको आधारमा तिनकुने प्रहरी परिसरबाट परिचालित प्रहरीले खड्कालाई सोमबार अनामनगर स्थित आफनै निवास बाट पक्राउ गरेको हो ।
हाल उनलाई टेकु स्थित अपराध महाशाखामा पुर्पक्षका लागि थुनामा राखिएको छ ।