मुसलमानहरूमाथि आक्रमण बढेपछि श्रीलंकामा संकटकाल

सहयात्रा टिभी

बीबीसी
श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापारव्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ। बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुनस् कर्फ्यु आदेश जारी गरिएको छ।

एउटा जलेको भवनबाहिर एक जना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्।

गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एक जना बौद्धमार्गी पुरुषलाई पिटेका थिए। पछि उनको मृत्यु भएको थियो। तत्पश्चात् दुई सम्प्रदायबीच तनाब बढेको थियो।
गत हप्ता पूर्वी नगर अम्परामा पनि मुसलमानविरोधी हिंसाहरू भएका थिए।
सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ।

चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ।

श्रीलंकाको कुल जनसंख्या दुई करोड १० लाख रहेको बताइन्छ। त्यसमा ७० प्रतिशत बौद्धमार्गी र नौ प्रतिशत मुसलमान रहेका छन्।

प्रकाशित : 6 March, 2018

प्रतिक्रिया दिनुहोस्