केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साप्ताहिक राशिफल पौष २१ गतेबाट २७ गतेसम्म

सहयात्रा टिभी

मेष 

आफूभन्दा उपल्लो हैसियतका व्यक्तित्वले दिएको मार्गदर्शन अवलम्बन गर्दा प्रशंशा प्राप्त हुनेछ  । कार्य क्षेत्रका अवरोधहरू स्वत: निर्मूल हुनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनमा रमाउँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।

वृष 

उच्चपदस्थ अधिकारीसँग घनिष्ठ भै लाभ लिन सकिनेछ । टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । धन खर्च हुने सम्भावना छ । घरायसी व्यवहारमा होस पुर्‍याउनुपर्नेछ । भोज–भतेरमा सहभागी हुँदा आफ्नो बहुमूल्य सरसामानप्रति निगरानी राख्नुहोला ।

मिथुन 

प्रियजनको सुझाव अनुसरण गर्दा समय खेर जानेछैन । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । रोकिएको विदेश अध्ययनको प्रक्रिया सकारात्मक परिणाममा पुग्नेछ । भ्रमणका क्रममा बढी खर्च हुनुका साथै विभिन्न झमेला आइलाग्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला ।

कर्कट

आफ्नो कार्ययोजना ओझेलमा पर्न सक्छ । अभिभावकको सुझाव आत्मसात् गर्दा आर्थिक क्षतिबाट उम्कन सकिनेछ । मनोवानञ्छित सफलता हात पार्न थप मेहनतको आवश्यकता छ । कालो रंगको सवारी साधन चलाउँदा संयम राख्नुहोला ।

सिंह 

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । सिर्जनात्मक काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरूलाई उछिन्न सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्न सक्छ । विद्वान्हरूको संगतले ज्ञानको दायरा बढाउनेछ । रमाइलो यात्रा होला । मन पर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिनेछ ।

कन्या 

सामाजिक कार्यमा सरिक हुँदा मन पराउने साथी फेला पर्ने सम्भावना छ । घरायसी जिम्मेवारी आइलाग्न सक्छ । भविष्यको चिन्ताले सताउनेछ भने असहज परिस्थितिबाट उम्कन थप धैर्यताको जरुरत छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्न सक्छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ

तुला  

मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार प्राप्त गर्ने अवसर जुट्नेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यपूर्वक कार्य गरे सफलता हात लाग्नेछ । टाढा भ…एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । चिसो वातावरणमा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक 

दिगो फाइदा हुने काम प्राप्त हुनेछ । ईष्या गर्नेहरूलाई पुरुषार्थ देखाउन सकिनेछ । नाम, दाम तथा इनाम हात पर्ने समय छ । खर्च भए पनि फाइदाजनक काममा लगानी होला । अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ ।

धनु  

कसै–कसैले मन पराइरहेको स्थिति छ । कम बोल्नु नै उपयुक्त हुन्छ । अभिभावकको सर्मथन नभए पनि सामाजिक कार्यको नेतृत्वले उचाइमा पुर्‍याउनेछ । आकस्मिक यात्राबाट फाइदा हुन सक्छ । नयाँ रोजगारीको मार्ग पहिचान गरी सफलता हात पार्न सकिनेछ । सवारी साधन चलाउँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।

मकर 

विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ । मेहनतले कामको अवसर जुटाउन सक्छ । आँटेका काममा विशिट व्यक्तिहरूको सहयोग जुट्नेछ । राम्रै आम्दानी हुनेछ भने भौतिक साधनहरूसमेत जुटाउन सकिनेछ । बुधबारपछि सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन् । फजुल खर्चले चिन्ता बढाउन सक्छ ।

कुम्भ 

सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । तथ्य कुरा पत्ता लगाउन सकिनेछ । आफ्नो क्षमताबाटै जवाफदेही कार्य सम्पन्न गरी उचाइमा पुगिनेछ । प्रेमी–प्रेमिकाबीच खटपट हुनसक्छ । खानपान फेरबदल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन 

मेहनत गरे स्वदेशमै अवसर हात लाग्न सक्छ । डाहा गर्नेहरूले सुखद पारिवारिक वातावरण खलबल्याउन सक्छन् । काममा ढिलाइ हुँदा तर्क–वितर्कले सही मार्ग पहिल्याउनेछ । पारिवारिक सल्लाहमा अन्योल देखा पर्दा तपाईंको प्रस्ताव नै निर्णायक हुनेछ ।

ABCnepal.tv बाट

प्रकाशित : 6 March, 2018

प्रतिक्रिया दिनुहोस्