च्याम्पियन्स लिग: रियल मड्रिडले हरायो नेइमार बिना उत्रिएको पीएसजीलाई

सहयात्रा टिभी

फागुन २३, युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ का लागि भएको हिजोको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)  स्पानिस क्लव रियल मड्रिड सँग पराजित भएको छ । नेइमार बिना उत्रेको पीएसजीलाई मड्रिडले २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको लेगको पहिलो खेलमा पीएसजीलाई ३-१ ले हराएको मर्डिडले समग्रमा ५-२ को जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । हिजो भएको खेलमा रियल मड्रिडको जितका लागि क्रिस्टियानो रोनाल्डो र कासेमिरोले १-१ गोल गरे भने पीएसजीका लागि एडिनसन कभानीले एक गोल फर्काए । ५१ मिनेटमा रोनाल्डोले गोल गरी रियललाई अग्रता दिलाए भने ७१ औं मिनेटमा पीएसजीका लागि कभानीले बराबरी गोल फर्काएका थिए । खेलको ८० मिनेटमा मर्डिडका काइमिरोले गोल गरेपछि मर्डिट विजयी भएको थियो ।
खेलको ६औँ मिनेटमा मार्को भेराट्टी रातो कार्ड खाँदै बाहिर निस्किए पछि पीएसजी १० खेलाडीमा सीमित हुन पुगेको थियो ।

प्रकाशित : 7 March, 2018

प्रतिक्रिया दिनुहोस्