नेपालबाट हराएको ११औं र १३औं शताब्दीको मुर्ती अमेरिकाबाट फिर्ता आउँदै

काठमाण्डौ । फागुन-२३, नेपालबाट सन् १९८० को दशकमा हराएका ११ औं र १२ औं शताब्दीका दुई मूर्तिहरू अमेरिकाबाट फिर्ताहुन लागेको पुरातत्त्व विभागले जानकारी दिएको छ । चैतको तेस्रो साता फिर्ता हुन लागेको पुरातत्त्व विभागले जनाएको छ । अमेरिका स्थित नेपाली दुतावास मार्फत ती मुर्तिहरु फिर्ता गर्न लागिएको हो । ती मुर्तीहरु मध्ये एक १२ औँ देखि १३ औँ शताब्दीमा बनेको उमामहेश्वरको मुर्ति रहेको छ भने अर्को भने अर्को ११ औँ शताब्दीमा बनेको बुद्धको उभिएको पूर्णकदको मूर्ति रहेको छ ।
यी मुर्तीहरु १९८० को दशकमा पाटनको टंगालहिटी र काठमाडौँको यट्खाबाट चोरिएको बताइन्छ । नेपालको पुरातत्व विभागले ती मुर्तीहरु नेपालबाटै चोरिएको पुष्टि गरेपछि उक्त संग्रहालयले ती मुर्ती नेपाल फिर्ता गर्न लागेको हो ।
पछिल्लो समयमा नेपालबाट चोरी भएका पुराना मूर्तिहरू फिर्ता आउने क्रममा बढेको छ ।