भारतीय नागरिक ४५ लाख नेपाली रुपैयाँसहित पक्राउ
सहयात्रा टिभी
विराटनगर । फागुन २३, – मोरङको विराटनगरबाट प्रहरीले एक भारतीय नागरिकलाई ४५ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ। सवारी चेकजाँचको क्रममा बिआर ११ एए ६२६५ नम्बरको कारमा सिटमुनि लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला फारबिसगञ्ज–१ का ४५ वर्षीय नारायण साह रहेका छन् । उनी बाट १ हजार दरका ३ हजार ४ सय, ५ सय दरका २ हजार १ सय र १ सय दरका ५ सय थान गरी कुल ४५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
शाहलाई बरामद रकम सहित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी जनाएको छ।