केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्व अन्तराष्ट्रिय महिला श्रमिक दिवस : समय सन्दर्भ र शुभकामना ।।

सहयात्रा टिभी

काठमाडौं । सन् १९१० मार्च ८ मा सोसलिस्ट इन्टरनेशनल कोपेनहेगनमा भएको सम्मेलनमा अन्तराष्ट्रिय मान्यता प्राप्त भएको दिनको सम्झनामा हरेक वर्षको मार्च ८ मा विश्व अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाउने परम्परा रहेको छ ।
विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै आजका दिन महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा विचार विर्मश गर्ने गरिन्छ । यसरी गरिएका समक्षिा र विचार विर्मश कति कार्यान्वयन हुन्छन् वा कति विर्मशमा नै सिमित हुन्छन् त्यो त भविष्यले नै बताउला ।

हरेक वर्ष विश्वभर मार्च ८ मा विश्व अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानताजस्ता सवाल यस दिवसका विषयबस्तु बन्ने गरेका छन् । मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवसमा यस वर्षको नारा ‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने नाराका साथ मनाईदै छ ।

विश्व अन्तराष्ट्रिय महिला श्रमिक दिवस सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यस दिनलाई अन्तर्रा्ष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१७ मा आइपुग्दा विश्वभर १०८ औँ अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाएको छ ।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी सन् १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्रा्ष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी सन् १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालिएको हो ।

नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी व्यवस्था गरेको छ । सो हकमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी व्यवस्था गरेको छ ।

विडम्वनाको कुरा त आज पनि हाम्रो समाजमा अन्धविश्वासले जरा गाडेर बसेको तितो यर्थाथ हामीमाझ छदैछ । आज पनि नेपाली महिला बोक्सीको आरोपमा कुटिने, मलमुत्र खुवाउने,महिला तथा नाबालिका बलात्कृत हुने जस्ता अमानविय कृयाकलाप रोकिएको छैन भन्दा आजको यस महत्वपूर्ण दिनमा नमज्जा जो कोहिलाई पनि लाग्न सक्छ ।

यति मात्रै कहां हो र ? महिला आज पनि घरेलु हिंसाका शिकार बनिरहेका छन् । महिला घरेलु हिंसा न्यूनीकरण अझै प्रभावकारीरुपमा हुन सकेको छैन । महिला अधिकारकर्मी एक दिन चर्काचर्का नारावाजीमा उत्रन्छन्, अनि बर्षदिनसम्म कता हराउछन् न्यायको महसुस ति पिडित महिलाले आभाष गर्न पाएकै छैनन् ।

त्यसो त महिला संरक्षण गर्ने कानून नबनेको पनि कहां हो र ? खाली कार्यान्वयन मात्रै नभएका हुन् । यसर्थ, आज पनि महिलाले आफ्नो अधिकारको उपयोग गर्न पाएकै छैनन् । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् । प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । जुन अन्तर्रा्ष्ट्रिय निकायबाट पनि सकारात्मक अभ्यासका रुपमा हेरिरहेको छ ।

राजनीतिक जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् । जुन ठाउँमा महिला बोल्न सक्दैनन्, ज्यालामा समानता छैन । नेपालमा कार्यस्थतमा हुने हिंसासम्बन्धी ऐन छ । तर कार्यान्वयन नहुँदा महिलाले त्यसको उपयोग गर्न पाएका छैनन् । महिलाको हकमा आवाज उठाउन राष्ट्रिय महिला आयोग छ । तर ति बोल्न नसक्ने, अझ भनौ आफ्नो आवाज बुलन्द रुपमा बाहिर ल्याउन नसक्ने महिलाहरुका लागि राष्ट्रिय महिला आयोग भन्ने पनि छ र ? भन्ने सहि सावित भएको छ ।

अन्तराष्ट्रिय महिला दिवस महिला जागरूकतासम्बन्धी दिवस हो । यसर्थ आफ्ना कुराहरु बाहिर ल्याउने प्रयास गरौं । हिंसा सहेर नवसौं, हिंसाको शिकार नवनौं । घरेलु हिंसा होस या जुनकुनै हिंसा आम महिलाहरुमा आग्रह भनौं या अनुरोध आफ्नो हक अधिकारका लागि आफै अग्रसर बनौं तवमात्र आजका महिलाले न्याय पाउने त छदैछ, भोलीका स साना नानीहरुका लागि पनि हामीले उनिहरुको सत्मार्गका लागि ढोका खोल्न सक्नेछौं । ताकि उनिहरु पनि पुनः हिंसाका शिकार नवनुन् ।

समग्रमा सहयात्रा टीभी डट कम परिवारको तर्फवाट पनि विश्वभरका सम्पूर्ण महिलाहरुमा विश्व अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा हार्दिक शुभकामना ।।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्