केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप छनोटमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन-२४, आइसीसी विश्वकप क्वालिफायर्स अन्तर्गत आजको खेलमा नेपाल स्कटल्याण्डसँग क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावेमा प्रतिस्पर्धा गर्दै छ । समुह ‘बी ‘को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र समुहको तल्लो स्थानमा रहेको नेपाल बीचको आजको प्रतिस्पर्धा महत्वपुर्ण रहेको छ । यस अघि हङकङ र अफगानिस्तान लाई पराजित गरेको स्कटल्याण्ड फर्ममा रहेको छ । नेपालले भने यस अघि टेष्ट राष्ट्र जिम्बाबेसँग हार व्यहोरेको थियो । नेपाली टिम आज जित्नै पर्ने दबाबको साथ मैदान उत्रँदै छ । नेपालको जितका लागि ओपनर चल्नु आवश्यक रहेको छ । ब्याटिङ्को मध्यक्रममा सुधार आएता पनि ओपनिङ राम्रो गर्न नसक्दा नेपालले उच्च स्कोर बनाउन समस्या आइरहेको छ । अर्को तर्फ सुरुवाति खेल सहजै जितेको स्कटल्याण्डको बलिङ र ब्याटिङ दुवै चल्नाले विजयी हुदै अगाडी बढिरहेको छ । आजको खेलमा स्कटल्याण्ड लगातार तेस्रो खेलमा पनि विजयी हुँदै सुपर सिक्समा स्थान पक्का बनाउने योजनामा छ भने नेपाल पहिलो हारलाई बिर्साउदै सुधारिएको प्रदर्शन गरी खेलमा फर्कने दाउमा रहेको छ।

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्