केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, परीक्षा जेठमा हुने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २४, बैदेशिक रोजगारीमा कोरिया जाने तयारी गरिरहेका हरुका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ। श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपीएस कोरिया शाखाले सुचना जारी गरी परीक्षाको आवेदन तथा परीक्षा को मिति निर्धारण गरेको हो । सुचनामा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन दिन सक्ने छन् । परीक्षा जेठ २६ शनिबार र २७ आइतबार गते तय भएको छ। यस पटक निर्धारण भएको ७ हजार १०० कोटामा उत्पादनमुलक क्षेत्रमा चार हजार आठ सय र कृषि क्षेत्रमा दुई हजार तीन सय कोटा निर्धारण गरिएको छ।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्