नेपालले स्कटल्याण्डलाई दियो १५० रनको लक्ष्य
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन २४, नेपालले आइसीसी विश्वकप क्वालिफायर्स अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य रहेको दिएको छ । क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावेमा भइरहेको खेलमा नेपालले कमजोर ब्याटिङ् प्रस्तुत गर्दै शुरुका विकेट सस्तैमा गुमायो । नेपालका लागि पारस खड्का ६३, सोमपाल कामी १८, रोहित पौडेल १५ र बसन्त रेग्मी २४ भन्दा अरु ब्याट्सम्यान हरुले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङ तर्फ स्कटल्याण्डका स्टुअर्ट ह्विलिङटनले ३ तथा सफयान सरिफ र एलासदइर इभान्सले समान २ विकेट तथा आर डी बेरिङटन र टीबी सोले ले समान १-१ विकेट लिए। स्कटल्याण्ड केही बेरमा जवाफी ब्याटिङ्मा उत्रँदै छ ।