केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुद्द लामाको पुरस्कार बारे एपीवानको स्पष्टोक्ति

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २५, एपीवान टेलिभिजनले बुद्ध लामालाई पुरस्कार हस्तान्तरण गरिसकेको दाबी गरेको छ । सामाजिक सञ्जालमा लामाले पुरस्कार नपाएको भनि चर्चा चलेपछि तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकेको भन्दै नेपाल आइडलको फेसबुक पेजले तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकेको जनाएको हो । यता बुद्ध लामाले घोषित पुरस्कार  अन्तर्गतको  केयुभी गाडी पनि नपाएको गुनासो गरेका थिए । अर्को तर्फ नेपाल आइडलले भने केही अनलाईन पोर्टलहरुमा नेपाल आइडलसँग सम्बन्धित भ्रामक सामाग्री प्रकाशित गरिएको आरोप लगाएको छ । आइडलले “तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनीसँगैछ । कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई कारको मूल्यको २५५ ९प्रतिशत० आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराईएको छ । उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं ।” भनि बताएको हो ।

प्रकाशित : 9 March, 2018

प्रतिक्रिया दिनुहोस्