केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिर्तामोडमा एकजना सुन व्यवसायी ५ दिन देखि बेपत्ता

सहयात्रा टिभी

झापा । फागुन -२५, बिर्तामोडका सुन व्यवसायी दावा  सुनचाँदी ज्वेलर्सका सञ्चालक केही दिनयता हराइरहेका छन् । घरमा बजार गएर कसैलाई भेट्ने भनेर निस्किएका उनी सम्पर्क बिहीन भएका थिए । उनी हराएकै दिन उनको पारिवारिक श्रोतले प्रशासनमा जानकारी गराएता पनि प्रहरीबाट यस विषयमा परिवारलाई केही जानकारी नआएको बताएका छन् । १० बर्ष देखी बिर्तामोडमा सुनचाँदी व्यवसाय गरेर बसेका उनी यही फागुन २० गते बाट हराइरहेका हुन । पारिवारिक श्रोत अनुसार पैसा तिर्नु पर्ने कतै नभएको तर पाउन पर्ने धेरै तर्फबाट रहेको बताएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले पनि शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै यतिका दिन सम्म व्यवसायी हराउँदा पनि कुनै जानकारी नआउनु दुखद भएको भन्दै यस प्रशाशन गम्भीर हुन आवश्यक रहेको बताएको छ ।
प्रहरीले भने सबै संयन्त्र सञ्चालन गरी अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित : 9 March, 2018

प्रतिक्रिया दिनुहोस्