केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साप्ताहिक राशिफल फागुन २७ देखि चैत ३सम्म

सहयात्रा टिभी

नेपाली पात्रोबाट

 

मेष :
प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। केही चुनौती देखिए पनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ। साताको उत्तरार्द्धतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। शुभचिन्तकहरू जुट्नाले नयाँ काम थालनी हुन सक्छ। मिहिनेतले सम्मानित स्थान पनि दिलाउनेछ। सप्ताहान्तमा भने आकस्मिक खर्च बढ्न सक्छ।
बृष :
प्रारम्भमा जटिल काममा जुट्नुपरे पनि राम्रै लाभांश प्राप्त हुनेछ। तर लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। बीचको समयमा विरोधीहरू बढ्नाले केही समस्यामा परिनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको साथ लिएर अघि बढ्नुहोला। बिहीवारदेखि कर्मयोगले नयाँ मार्ग अवलम्बन गर्नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ भने सम्मानित स्थान प्राप्त हुनेछ। सप्ताहान्तमा दाम, इनाम वा पुरस्कार हातलागी हुनेछ।
मिथुन :
प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले समस्या निम्त्याउन सक्छ। मंगलवारदेखि स्वास्थ्य(चिन्ताले सताउने देखिन्छ। मालमत्ता हराउने र अर्थ-अभावले सताउने समय छ। सानो काममा अलमलिनुपर्दा विशेष अवसर गुम्न सक्छ। परिबन्धले समस्या निम्त्याउन सक्छ। तर अरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ। अप्ठ्यारो स्थिति पार गरेपछि अवसर प्राप्त हुने हुँदा लगनशीलतामा ध्यान पुर्याउनुहोला।
कर्कट :
प्रारम्भमा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। रमाइलो व्यावसायिक यात्रा गर्ने साइत जुर्न सक्छ। विभिन्न उपहार प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मित्रता र प्रेमको गाँठो कसिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। सप्ताहान्तमा भने अस्वस्थताको साथै र व्यावहारिक झमेला आइलाग्न सक्छ। आकस्मिक खर्च बढ्नेछ र शुभचिन्तकहरू समेत टाढिन सक्छन्।
सिंह :
प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्रिय समाचारले पनि दुस्खी तुल्याउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर शत्रु र रोगलाई सामान्य ठान्दा समस्या पर्नेछ। लेनदेनसम्बन्धी हिसाबले पनि वादविवाद निम्त्याउन सक्छ।सप्ताहान्तमा प्रियजनसँग भेटघाट हुनुका साथै घर-परिवारमा खुसियाली छाउनेछ। खर्च लागे पनि सोखले मालमत्ता जोड्न प्रेरित गर्नेछ।
कन्या :
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। दिएको वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ। काम रोकिनुका साथै पारिवारिक समस्याले सताउनेछ। नजिकका साथीभाइ टाढिनाले दुस्ख पाइनेछ। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। अप्ठ्यारा कामको बोझ थपिए पनि बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेत र बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नाले दिगो फाइदाको काम प्राप्त हुनेछ। सप्ताहान्तमा यात्राका बीच आतिथ्यपूर्ण सत्कार प्राप्त हुनेछ।
तुला :
प्रारम्भमा चिताएको काममा राम्रो सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने व्यवसायमा मनग्गे धनलाभ हुनेछ। तर मंगलवारदेखि परिस्थिति प्रतिकूल बन्ने देखिन्छ। काममा अलमल हुनेछ भने घरेलु समस्याले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइ टाढिनाले दुस्ख पाइनेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुगिनेछ। मिहिनेत गर्दा सप्ताहान्त लाभदायक रहनेछ।
बृश्चिक :
सुरुमा अध्ययनमा त्यति समय दिन नसकिएला। आत्मसम्मानमा प्रश्न उठ्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मंगलवारदेखि पुरुषार्थी काम गर्ने अवसर जुट्न सक्छ। काम पूरा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन सकिनेछ। तर पारिवारिक असमझदारीले साताको उत्तरार्द्धमा समस्या निम्त्याउनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुपर्ला। सप्ताहान्तमा स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। अध्ययनमा समय दिन नसकिएला।
धनु :
इच्छाशक्ति बढ्नाले नयाँ काम थालनी हुनेछ। आँटले लक्ष्यमा पुर्याउनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ। तर मंगलवारदेखि परिस्थिति अलि असहज बन्न सक्छ। विवादमा पछि हट्दै बोली(व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा पर्दा काम बिग्रनेछ। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ भने शुभचिन्तकहरूको सहयोगले हौसला प्रदान गर्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
मकर :
प्रारम्भमा आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। विशेष उपहारका साथै धनलाभ हुनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। टाउको र आँखाको समस्याले पनि सताउन सक्छ। तापनि सप्ताहान्तमा स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सहयोगले गुमेको स्थान पुनस्च प्राप्त हुनेछ।
कुम्भ :
सुरुमा आयआर्जन राम्रो हुनेछ। व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन्। तर मंगलवारदेखि रकम खर्च गर्नुपर्ने स्थिति आउनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्। तापनि बिहीवारदेखि परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका पाइनेछ। मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रमाइलो भेटघाट हुनेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मीन :
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कामको दायित्व पनि बढ्ने देखिन्छ। बिहीवारदेखि अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। चिताएको काम रोकिन सक्छ। तापनि सप्ताहान्तमा परिवारजनको सहयोगले विशेष काम बन्नेछ।

प्रकाशित : 11 March, 2018

प्रतिक्रिया दिनुहोस्