न्यायाधीश चोलेन्द्र समशेर राणाद्वारा प्रधानन्यायाधीश नेतृत्वको पुर्ण इजलास बहिस्कार
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन -२८, न्यायाधीश चोलेन्द्र समशेर राणाले आज प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पुर्ण इजलास बहिस्कार गरेका । उनले पराजुलीको गत श्रावणमै अवकाश भएको जिकिर गर्दै पूर्ण इजलास बहिस्कार गरेका हुन्। राणाले बहिष्कार गरेसंगै इजालास स्थगित भएको छ। प्रधानन्यायाधीश पराजुलीको फरकफरक जन्ममिति विवादमा गोविन्द केसी र कान्तिपुर पब्लिकेशनविरुद्ध अवहेलनाको मुद्धा चलिरहेको छ ।
इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, दिपककुमार कार्की, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए।