५ केजी चरेससहित २ जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -२९, महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार ५ किलो चरेशसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेबाट विजय घर्तीमगर र सुमन रोक्कामगरलाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले जाँच गर्दा उनीहरुसँग ५ केजी चरेश बरामत गरेको हो । पक्राऊ परेका रोल्पा विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगर सँग प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 13 March, 2018

प्रतिक्रिया दिनुहोस्