विद्यादेवी भण्डारी राष्ट्रपतिमा पुन:निर्वाचित

काठमाण्डौँ । फागुन -२९, बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी दुई तिहाइ भन्दा बढी मतसहित पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन् । आज संघिय संसदमा भएको निर्वाचनमा कुमारी लक्ष्मी राईलाई पराजित गर्दै पुनः राष्ट्रपतीमा निर्वाचित भएकी हुन । राष्ट्रपतीमा निर्वाचित हुन भण्डारीले ३९ हजार २७५ मतभार पाइन भने कुमारी लक्ष्मी राईले ११७३० मतभार प्राप्त गरिन ।
राष्ट्रपति चयनको मतदान प्रक्रियामा नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीका गरी संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित थिए।