केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुर्घटनामा पहिचान खुलेका शव मात्र बंगलादेशले बुझ्ने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -३०, बंगलादेशले दुर्घटनामा परेका आफ्ना नागरिकहरु पहिचान नखुलेसम्म शव नबुझ्ने बताएको छ । बंगलादेशले त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु भएका आफ्ना नागरिकहरुको डिएनए परीक्षण गरेर भएपनि पहिचान खुलाउन माग गरेको हो ।

दुर्घटनापछि नेपाल आएको बंगलादेशी उच्चस्तरीय टोलीले शवको पहिचान अनिवार्य रुपमा गराउनु पर्ने र जहाज दुर्घटनाको अध्ययनको लागी बनाइएको समितिमा बंगलादेशको प्रतिनिधि पनि सामेल गराउनु पर्ने माग गरेको हो ।

प्रकाशित : 14 March, 2018

प्रतिक्रिया दिनुहोस्