दीपेन्द्र र सन्दीपले समान ४ विकेट लिदा पपुवा न्युगिनीले दियो ११५ रनको लक्ष

काठमाण्डौँ । चैत्र -१, आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी विरुद्द खेली रहेको छ । टस जितेर बलिङ् रोजेको नेपाललाई पपुवा न्युगिनीले ११५ रनको लक्ष दिदै २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो। न्युगिनीका लागी ओपनर असद भाला १०, टिपी उरा ११ , चार्ल्स अमिनी १९, सेसे बाउ ११, माहुरु दाइ ५, किप्लिन डोरिगा १०, जासोन किला १५, चाड सोपर १० रन योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामी र करण केसी १-१ विकेट लिएका छन्।