म तिमीलाई प्रेम गर्न सक्दिन
प्रशन्न घिमिरे
दूध खाँदा ओठ जलेको मान्छेले मोहि खाँदा फू-फू गरेर खान्छ रे । अहँ मान्दिन म त यो कुरा । दुधले ओठ जलेको मान्छेले त तातो तेल खाने आँट गर्दो रहेछ । यस्तै हुँदो रहेछ हाम्रो मन पनि । सारै अटेरि; भनेको त कहिल्यै नसुन्ने । अलिकती मिठास भेट्यो कि चिप्लिहाल्ने । चाहना राख्दछ मनले, त्यसको फल भोग्नुपर्दछ आँखाले । यो कस्तो न्याय बिधाताको ? सायद कलियुग भनेकै यहि हो । कर्म आफ्नो, दण्ड अर्काको। बिरक्त लागेर आउँछ । प्रेम एक अभिशाप जस्तो लाग्दछ ।
म त एक लेखक हुँ; एक साधारण लेखक । बैँसालु भएर के भयो र ? ममा त्यो बैँसको मात चढेको छैन । हजारौँ पाउडर र नक्कल धसेर हिँड्ने उमेरमा म आफ्नो मैलो कालो टोपी लगाएर हिँडछु । कत्तिले पाखे भन्छन त कत्तिले बाजे । उनिहरु मलाइ हेरेर हाँस्छन । म उनिहरुलाइ हेरेर मुस्कुराउँछु । पिज्जा र बर्गरको युगमा म सिस्नु र गुन्द्रुकमा रमाउँदछु ।
डिस्को र डिजेको जमानामा म मादल र सारङ्गिको धुन रुचाउँछु । ५०० र १००० को नोट केराको बोक्रा जसरी फाल्ने समयमा म ५० रुपैँयाको मोमो लिँदा नि उछिट्टिएला कि भनी डराइ-डराइ खान्छु । हास्यपात्र छु म यस समाजकालागि । मैले मन पराएको हैन तिमिलाइ, मनैदेखि प्रेम गरेको हुँ तर छल्किरहेको यस प्रेमलाइ म तिमीलाई पोख्न सक्दिन । म तिमिलाइ हास्यपात्र बनाउन सक्दिन । माफ गर प्रिय, म तिमीलाई प्रेम गर्न सक्दिन ।
म त एक साधारण लेखक । रातको निस्पट्ट कालो अँध्यारोमा म आकाशतर्फ नियाल्दछु ।
हेर्दछु त्यो कालो आकास, ती तारा अनि त्यो चन्द्रमा । म तरङ्गित बन्दछु । म आध्यात्मिकता तर्फ उन्मुख हुने प्रयत्न गर्द्छु । तर अचानक त्यस चन्द्रमाको अगाडि मलाइ तिम्रो तस्विर झल्किन्छ । म चन्द्रमालाइ नियाल्न सक्दिन । म त्यस अनुपम आध्यात्मिक आनन्दको भागिदार बन्न सक्दिन । तिमी मलाइ भौतिकवाद तर्फ धकेल्दछौ ।
भौतिकतामा म तिमिलाई रमाउन सक्दिन । वाणिले बरु ब्रह्माण्ड यात्रा गराउन सक्दछु तर यथार्थमा भौतिक दुरिको यात्रा गराउन सक्दिन । बकुल्लाको झुन्डमा म त एक श्रापित काग हुँ जसलाइ त काग तिहारमा समेत मान दिइँदैन । भौतिक संसारमा म कमजोर छु ।
सारै तुच्छ प्राणी छु । म तिमिलाई तुच्छ तुल्याउन सक्दिन । तिम्रो चहकिलो अस्तित्वलाई म अन्धकारतर्फ धकेल्न सक्दिन । आफ्नै खुट्टामा म आफै बन्चराले हान्न सक्दिन । माफ गर मेरि माया, म तिमिलाइ प्रेम गर्न सक्दिन ।
बोल्न त तिमीसँग कति मनलाग्छ । मेरो कुरा सुनेर तिमी मलाइ पागल भन्छौ, प्याट्ट हिर्काउँछौ; मलाइ सारै आनन्द लाग्दछ । तिम्रो कल्पनाको अनुभूतिले नै म गदगद बन्न पुग्दछु । फेसबूक खोल्दछु त प्रथम तिम्रै प्रोफाइल खोली हेर्दछु । तिम्रो नामको पछाडी हरियो टीका बलेको छ कि भनी नियाल्दछु । तिमिलाइ अनलाइन देख्दा म एउटा सानो बच्चा रमाए जसरी रमाउँदछु अनि देख्नासाथ मेसेज गरिहाल्दछु । तिम्रा ती साना साना चकचकहरु स बोलाइ र हँसाइमा त्यो अबोध बालपना देखि म लट्ठ बन्न पुग्दछु । कहिलेकाही तिमी रिसाइदिन्छौ अनि म सारै ब्याकुल बन्दछु । किन रिसाको होला र? किन नबोलेको होलारु यहि सोच्दा-सोच्दै आँखाका परेलीहरू भिजेको पत्तै पाउँदिन । तिमी पनि त मलाइ एक असल मित्र ठान्दछौ ,कत्ती विस्वास गर्दछौ तर म तिमीलाई कसरी बताउँ कि तिम्रो त्यो असल मित्र आफ्नो सिमा नाघिरहेको छ । उसले तिमीलाई प्रेम गरिरहेको छ । साथीको अगाडि आफ्नो जीवन सुम्पेर उ जीवनसाथी बनाउने सौभाग्य पाउन चाहन्छ । तिमीसँग प्रेम गरेर सायद म त्यो मित्रतामाथी विस्वासघात गरिरहेको छु । म दुइधारे तरवारमा फसेको छु । प्रेम कि मित्रता रु
एकको त यहाँ बलि चढ्नेनै छ । तिमीजस्तो खास र प्रिय मित्र मेरो अर्को कोहि छैन । मेरो अन्तरमनको ब्यथा र मेरा पीडा बुझिदिने ,मेरो हाँसोभित्र लुकेको क्रन्दन सुनिदिने , मलाइ हर पाइलामा हात समातेर सँगै हिँडिदिने स तिमीजस्तो असल मित्र म गुमाउँ कसरी रु हो , म तिमीलाई माया गर्छु । तिमीलाई जति माया मैले अरु कसैलाइ गरेको छैन । कुनै शारीरिक प्रेम होइन तिमीप्रती , पूर्ण आत्मिक प्रेम रहेको छ । त्यसको अनुभूति त तिमिले अन्जानमै भए नि गरेकै छौ होलि । मैले प्रेम भावना पलाएको छु भनेर त तिमी कल्पिन नि सक्दैनौ होला तर सत्य यहि हो । एउटा श्रापित सत्य जसलाइ म तिम्रो सामु प्रकट गर्न सक्दिन । म आफ्नो मित्रता गुमाउन सक्दिन । तिमीसँगको त्यस अटुट मित्रतालाइ म नाघ्न सक्दिन । तिम्रो विस्वासलाइ म तोड्न सक्दिन । मेरो मुटु टुक्रा-टुक्रा नै किन नबनोस रु मेरा आँखाहरु रुँदा रुँदा नै किन नथाकुन ? तर अहँ आफ्नो प्रेम पोखेर म मेरो जीवनबाट तिमिलाइ टाढा भएको देख्न दिने छैन ।सँधैकालागि अपरिचित बन्नुभन्दा त बरु जीवनभर मित्र बनेरै साथ दिनु बेस । सायद मेरो ललाटमा यस्तै प्रेम लेखिएको छ होला। यस प्रेमलाइ दफन गर्दा मलाइ असाध्य पीडा त हुनेछ तर तिमीसँगको वियोग जस्तो बज्रपात त अवस्यै नहोला ।
पाउनु मात्र नै त प्रेम होइन नि? तिम्रो खुसी र तिम्रो त्यस आत्मिय विस्वासलाइ कायम राख्नु पनि त प्रेम नै हो । माफ गर प्रिय , मैले आफ्नो प्रेम पोख्न सकिन । मैले तिमिलाई प्रेम गर्न सकिन ।