नेपालको पपुवा न्यूगिनीमाथि ६ विकेटको शानदार जित

सहयात्रा टिभी

काठमाण्डौ । चैत्र -१, आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी विरुद्द सानदार जित हात पारेको छ । ११५ रनको  लक्ष्य पछ्याएको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर जित हाँसिल गरेको हो । नेपाली युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ६ विकेटको सानदार विजय तर्फ डोहोर्याएका थिए । उनले तीन छक्का र एक चौकाको मद्दतबाट अर्धशतक पुरा गरे भने बलिङ् तर्फ ४ विकेट लिए ।

खराब शुरुवात गरेको नेपालको लागि ओपनर द्वय ज्ञानेन्द्र मल्ल र अनिलकुमार शाह क्रमश १ र ९ रनमा आउट भए भने कप्तान पारस खड्का २० रन बनाएर पवेलियन फर्किए । नेपालका लागी चौथो विकेटका रुपमा आरिफ शेख २६ रन बनाएर फर्किए । यस्तै दीपेन्द्र सिंह ऐरी अभिजित ५० रन बनाए भने रोहितकुमार पौडेल ३ रनमा अभिजित रहे ।
यता पपुवा न्युगिनीका लागि ओपनर असद भाला १०, टिपी उरा ११, चार्ल्स अमिनी १९, सेसे बाउ ११, माहुरु दाइ ५, किप्लिन डोरिगा १०, जासोन किला १५, चाड सोपर १० रन योगदान गरे ।
बलिङ् तर्फ नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामी र करण केसी १-१ विकेट लिए ।
नेपाल यो जित सँगै एकदिवसीय मान्यता नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हराएको खण्डमा भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस प्राप्त गर्नेछ ।

प्रकाशित : 15 March, 2018

प्रतिक्रिया दिनुहोस्