रुघाखोकी लाग्दा गर्न हुने र नहुने यी कुराहरु थाहा पाउनुस्

सहयात्रा टिभी

मौसम परिवर्तनसँगै रुघाखोकी देखा पर्छ । थुप्रै मानिस हरेक वर्ष एक दुईपटक रुघाखोकीको प्रकोपमा पर्छन् । दुई सयभन्दा बढी प्रकारका भाइरसबाट हुने यो रोगलाई सामान्य रोग मानिए पनि यसले निकै सताउँछ।

रुघाखोकी सामान्यतया केही दिन वा हप्तामा आफैँ निको हुने गर्छ । त्यति ठूलो उपचारको जरुरत पनि पर्दैन । तर, मानिसलाई यसबाट छिटो उन्मुक्ति पाउन खोजिरहेको हुन्छ । किनकि, यसले दैनिक काममा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ । घरमा अपनाइने केही सावधानीले यस्तो अवधिलाई छोट्याउन पनि सकिन्छ । जुन धेरै हदसम्म खानामा निर्भर हुन्छ ।

रुघाखोकी हुदा यसो गर्नुस् :

-रुघाखोकी लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।

-सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।

-अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने ।

-अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने ।

– दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने ।

– यस्तो अवस्थामा बाफ लिँदा पनि समस्याबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

-यस्तो अवस्थामा दूध तथा दूधजन्य पदार्थको सेवन बढाउन जरुरी हुन्छ ।

-नाक बन्द भएको अवस्थामा मनतातो नुनपानीले नियमित सफा गर्ने ।

रुघाखोकी हुदा यसो नगर्नुस् :

-बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने ।

-चिसो, धुवाँ र धुलोबाट बच्ने ।

-नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने ।

-सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

-चियाको मात्रा घटाउने

-कोला, मदिरा नखने

news24nepal.tv

प्रकाशित : 15 March, 2018

प्रतिक्रिया दिनुहोस्