कपास उद्योगमा आगलागि हुँदा ४० लाख बरावरको क्षति

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -२, भरतपुरको रिजाल चोक स्थित एक कपास उद्योगमा आगलागि हुँदा ४० लाख भन्दा माथिको क्षति भएको छ । शुक्रबार बिहान ९ बजे बाट शुरु भएको आगलागिमा कपडाको कच्चा पदार्थ जलेर नष्ट भएको हो । चन्दना कोइरालाको उक्त गोदाममा पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो।

स्थानीय वासी , प्रहरी, सेना र दमकलको संयुक्त प्रयासमा आगलागी करिव ९ः४५ मा नियन्त्रण लिइएको थियो ।

प्रकाशित : 16 March, 2018

प्रतिक्रिया दिनुहोस्