बजार नौ अंकले घट्दा नेपाल लाइफको कारोवार बढ्यो

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र- ४, आज साताको पहिलो दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेसँग एक घण्टाको अवधिसम्म नेप्से उकालो लागेता पनि त्यसपछिको कारोबारमा निरन्तर ओरालो लागेको हो ।

अधिकांश कारोवारहरुमा रातो लागेको आज नेप्से परिसुचक बन्द हुँदा ९ दशमलव ४० अङ्क घटेर नेप्से १ हजार २ सय ७८ दशमलव ९६ विन्दुमा पुगेको छ । होटल समूह र जलविद्युत समूहको परिसूचक उच्च अंकले घट्दा होटल समूहमा ३ दशमलव ६८ तल झरेको छ भने जलविद्युतमा २ दशमलव ११ प्रतिशतले घटेको छ । बजारमा कुल १५२ कम्पनीको ३० करोड रुपैयाँ बढीको सेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ४२ प्रतिशत बोनस र २८ दशमलव ५३ प्रतिशत नगदको प्रस्ताव गरेपछि नेपाल नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार बढेको हो ।

प्रकाशित : 18 March, 2018

प्रतिक्रिया दिनुहोस्