वाणिज्यमन्त्री मातृका यादव नयाँ दिल्लीमा

काठमाण्डौँ । चैत्र -६, उद्योग तथा वाणिज्य मन्त्री मातृका प्रसाद यादव नयाँ दिल्ली पुगेका छन् । यादव विश्व व्यापार संगठनका ५० देशहरु बीच हुन गइरहेको अनौपचारिक बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन ।
दुइ दिने बैठकको क्रममा भारत पुगेका यादवले भारतीय उद्योगमन्त्री सुरेश प्रभुसँग भेटवार्ता गरेका छन्। प्रभुसँग छलफलको क्रममा दुइ देश बीचको व्यापार साझेदारीका विषयमा छलफल भएको बताइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासले छलफलको क्रममा ब्यापार साझेदारी, औद्योगिक लगानी, द्विपक्षीय व्यापार तथा पारवहान सम्बन्धी छलफल भएको बताएको छ ।
बैठकमा पाकिस्तान बाहेक नेपाल भारत, अमेरिका, चीन तथा अफ्रिकन राष्ट्रका प्रतिनिधिहरु सहभागी छन्।