मधेशका “मस्ट वान्टेड” पासवान पक्राऊ

काठमाण्डौँ । चैत ७ – मधेशमा लुटपाट तथा हत्यामा संलग्न भइ फरार रहेका मस्ट वान्टेड सर्लाहीका उमेश पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी भएको हत्यामा प्रत्यक्ष संलग्नता भेटिएका पाशवान प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको सक्रियतामा पक्राउ गरिएको हो ।
उनले धम्क्याउने तथा धम्याउदा पैसा नदिए ज्यान मार्ने कार्यमा संलग्न थिए ।