नगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने २ जना ललीतपुरबाट पक्राउ

रौतहट । चैत्र-८, रौतहट प्रहरीले वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवलाई फोन गरेर ज्यान मार्ने धम्की दिने दुइजनालाई पक्राऊ गरेको छ ।
पक्राउ पर्नेमा महम्द शमसाय र जुलफिकार शेख रहेका छन् । उनीहरुले रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवलाई फोन गरेर ज्यान मार्ने धम्की दिएका थिए ।
रौतहट प्रहरीले उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा ललीतपुरको बालकुमारीबाट पक्राऊ गरेको हो ।