सरुवा हुन नमान्ने कर्मचारीको हाजिरी रोक्न श्रम मन्त्रीको निर्देशन

सहयात्रा टिभी

काठमाण्डौे । चैत्र ८, श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले दरवन्दी बाहेकका कर्मचारीहरुलाई वैदेशिक रोजगारी विभागमा हाजिर नगराउन निर्देशन दिएका छन् ।

हाल श्रम मन्त्रालयमा दरबन्दीभन्दा १६ जना श्रम मन्त्रालयको काजमा रहेका छन् । उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयले स्थानिय तहमा पठाएपनि उनीहरु अझै काजमा वैदेशिक रोजगारी विभागमा रहेका छन् ।
यही विषयले श्रम मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय बीच असमझदारी कायम भएको थियो । यही कुरालाई मध्यनजर गर्दै मन्त्री बिष्टले दरबन्दीविना विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएको बताइएको छ ।

प्रकाशित : 22 March, 2018

प्रतिक्रिया दिनुहोस्