नेपाललाई ‘अण्डरमाइन्ड’ नगर्न ओलीको इयुलाई चेतावनी
सहयात्रा टिभी
काठमाण्डौँ । चैत्र-११, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीलाई नहेप्न चेतावनी दिएका छन् । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदन तर्फ इङ्कित गर्दै ओलीले आपत्ती जनाएका हुन् ।
इयुले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको थियो । ओलीले निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रतिवेदनले नेपाल र नेपालीलाई ‘अण्डरमाइन्ड’ गरेको बताएका छन् । उनले प्रतिवेदनको चौतर्फी विरोध पछि सच्याउलान भन्ने सोचेकोमा इयु जिद्धि देखिएकोमा धर्म परिवर्तन गराउन आएको कतिपय टोलीहरुलाई फिर्ता पठाएकोमा प्रतिशोध साधेको पनि दावी गरे ।