केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अष्ट्रेलियन क्रिकेटर ‘बल टेम्परीङ’ को विवादमा

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र ११, दक्षिण अफ्रिकामा टेष्टको क्रममा बल कोट्यार बलको स्वरुप परिवर्तन गर्न खोजे पछि अष्ट्रेलियन क्रिकेटर विवादमा तानिएका छन् । शनिबार भएको खेलमा क्यामरुन बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए जुन कुरा उनले स्वीकार पनि गरि सकेका छन् । टेलिभिजन स्कृनमा बल कोट्याएर स्वरुप बिगारेको देखिएको थियो जसमा उनले पहेलो टेप प्रयोग गरेको स्वीकार गरेका छन् । अनुसन्धानको क्रममा सबैकुरा पुर्व योजना अनुरुप भएको खुलेको छ । २५ बर्षिय बेनक्राफ्टले पत्रकार सम्मेलनमा मिडियाको अगाडी आफ्नो गल्ति स्वीकार्दै माफी मागिसकेका छन् । ‘बल टेम्परिङ’ विवादमा चर्किँदै जाँदा अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले पनि माफि मागि सकेका छन् ।


यसै विषयमा अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्क, लेग स्पीनर शेन वार्नले यो घटनाले दुखी बनाएको बताएका छन् । यसै गरी इङल्याण्डका पुर्व कप्तान माइकल भनले यसको दायित्व सम्पुर्ण टिम म्यानेजमेन्टले लिनुपर्ने बताएका छन् । भारतीय टिमका कप्तान विराट कोहलीले भने अष्ट्रेलिययन टिमलाई चिटरको सज्ञा दिएका छन् । नेपाली क्रिकेट कप्तान पारस खड्काले समेत यो विश्वास गर्न नसकिने र एकदमै दुखद घटना भएको बताएका छन् । अष्ट्रेलिया क्रिकेट बोर्डका सिईओ जेम्स सन्डरल्याण्डले घटनाबारे छानविन सुरु भइसकेको बताएका छन् ।

प्रकाशित : 25 March, 2018

प्रतिक्रिया दिनुहोस्