आपूर्ति विभागको नर्भिक अस्पतालमा छापा

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र-१२, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार नर्भिक अस्पतालमा छापा मारेको छ ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको उक्त अस्पताल बायाँ खुट्टाको अप्रेशन गर्नुपर्नेमा दायाँ खुट्टाको अप्रेशन गरेपछि विवादमा तानिएको थियो । थापाथलीमा रहेको उक्त अस्पताल चरम लापरभाही पछि चौतर्फी रुपमा आलोचित बनेको थियो ।

उपभोक्ताको स्वास्थ्य माथि खेलबाड भएको केही समय पछि विभागको नेतृत्वमा सम्बन्धित सरकारी एजेन्सीसहितले सो अस्पतालमा छापा मारेका हुन ।

प्रकाशित : 26 March, 2018

प्रतिक्रिया दिनुहोस्