खुमबहादुर खड्काको स्वास्थ्य स्थिति बिग्रँदो, कांग्रेसले भण्डारी र लेखकलाई दिल्ली पठाउने

काठमाण्डौँ । चैत्र -१३, कांग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य स्थिति खस्कँदो अवस्थामा रहेको छ ।
मृगौलामा समस्या देखिएपछि खड्का अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । सोमबार नेपाली काँग्रेसको बैठकले खड्काको स्वास्थ्य लाभको कामना गर्दै केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने भएको छ।