केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल बंगलादेश बैंकको प्रायोजनमा उत्कृष्ट प्रहरीलाई मासिक पुरस्कार दिइने

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १३, नेपाल प्रहरीका काठमाण्डौँमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्यगर्ने प्रहरी मासिक रुपमा पुरस्कृत हुने भएका छन् । नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंलाई १ बर्षका लागि १८ लाख ६० हजार रुपैयाँ प्रदान गरेपछि उक्त रकमबाट प्रहरीलाई पुरटस्कृत गरिने भएको हो ।

हरेक महिना सीपाहीमध्ये एकजनालाई १० हजार, हवल्दारलाई १५ हजार, असईलाई २० हजार, सईलाई २५ हजार, इन्सपेक्टरलाई ३५ हजार र डिएसपीलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
सम्झौतामा नेपाल बंगलादेश बैकका तर्फबाट सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र परिषरको तर्फबाट एसएसपी विश्वराज पोखरेलले हस्ताक्षर गर्नुभएको थियो ।

प्रकाशित : 27 March, 2018

प्रतिक्रिया दिनुहोस्