नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाण्डौँ । चैत्र -१०, काठमाण्डौँको नयाँ बानेश्वरमा अन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । सडक विस्तारका क्रममा पुराना बस्तीहरूमात्र हैन शताब्दीयौं पुराना सांस्कृतिक सम्पदासमेतमा असर हुने गरी गरिएको भन्दै संघर्ष समिति नै बनाएर पीडितहरु सडकमा उत्रिएका थिए ।
आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले अश्रुग्यास हानेको हो । झडपको क्रममा ५ जना प्रदर्शनकारी घाइते भएका छन् भने ९ जना बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।