मादक पदार्थ पिएर कार्यलय जाने वडाध्यक्ष पक्राउ

सहयात्रा टिभी

झापा । चैत्र १५, मादक पदार्थ पिएर कार्यलय जाने मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष तिलक न्यौपानेले मादक पदार्थ सेवन गरी कार्यलयमा उपस्थित हुने र तथानाम बोल्नेहुनाले सेवाग्राहीहरुले प्रहरीलाई खवर गरेका थिए । बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत रहेका न्यौपानेले बुधवार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्तिहरुलाई तथानाम गाली गरेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो ।

प्रकाशित : 29 March, 2018

प्रतिक्रिया दिनुहोस्