ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एकजना घाइते

मोरङ । चैत्र १५, मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । उर्लाबारी–राजघाट सडकखण्डमा ना ४ ख ८३५७ नम्बरको ट्रकले मे ९ प ७६१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुइजना गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा मोटरसाइकल चालक २५ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको छ भने पछाडि बसेका २२ वर्षीय सन्तोष राजवंशी उपचाररत छन् ।