केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बल टेम्परिङका योजनाकार वार्नरले मागे माफी, आजीवन कप्तान वन्न अयोग्य

सहयात्रा टिभी

चैत्र -१५, दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा बल टेम्परिङका योजनाकार वार्नरले माफी मागेका छन् । अष्ट्रेलिया क्रिकेटका पूर्व उप कप्तान डेभिड वार्नरले आफ्नो गल्तीले क्रिकेट जगतलाई नै असर गरेको भन्दै अष्ट्रेलिया र विश्वभरकै क्रिकेट समर्थकहरुसँग माफी मागेका हुन् ।

क्रिकेट अष्ट्रेलियाले यस कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लगाएको छ भने वार्नरलाई जीवनभर जीवनभर अष्ट्रेलियाको कप्तान हुन नपाउने गरी प्रतिवन्ध लगाएको छ । यसका साथै स्मिथ राजस्थान रोयल्स र वार्नर सनराइजर्स हैदरावादमा कप्तानका रुपमा अनुबन्धित थिए । उनीहरुले आगामी साताबाट सुरुहुने आइपिएल पनि गुमाउने छन् ।

प्रकाशित : 29 March, 2018

प्रतिक्रिया दिनुहोस्