केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिपिएल अन्तर्गतको आइतबारको पहिलो खेलमा अत्तरिया विजयी

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र-१८, धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गतको आइतबार भएको खेलमा सिवाइसी अत्तरियाले रुपेन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ । ६२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको अत्तरियालाई रुपन्देही च्यालेन्जर्सले ७.३ ओभरमा १ विकेट गुमाएर पार गर्‍यो। अत्तरियाको जितमा गौरव चितक्राले आक्रमक ब्याटिङ गर्दै १३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै बनाए भने सुवास खकुरेलले १४ बल खेल्दै ४ चौकाको मद्दतमा १९ रन र प्रेम तामाङ १४ रनमा नटआउट रहे।

 

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५.२ ओभरमा अलआउट भइ ६१ रनमा समेटियो । रुपन्देहीको लागि विदेशी खेलाडी सुफ्यान मेहमुदले नटआउट रहदै २० रन बनाए यो बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले ४ विकेट लिए।
डिपिएल अन्तर्गतको आइतबारको दोस्रो खेलमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड खेल्दै छन् ।

प्रकाशित : 1 April, 2018

प्रतिक्रिया दिनुहोस्