बिराटनगरमा सुन सहित एक भारतीय पक्राऊ
सहयात्रा टिभी
काठमाण्डौँ । चैत्र १८, विराटनगर विमानस्थलमा प्रहरीले अवैध सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई प्रहरीले विमानस्थलमा चेक जाँचको क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीबाट दाना आकारको ३ सय ९४ थान र पालतो सानो पाता १ थानको सुन बरामत गरेको हो । पक्राउ परेका सामन्तो श्री एयरलाईन्सको उडानद्धारा काठमाडौँ जान लागेका थिए ।