खड्काको सम्मानमा ७ दिन पार्टीको झण्डा आधा झुकाइने
सहयात्रा टिभी
काठमाण्डौँ । चैत्र-१८, नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएको शोकमा नेपाली काँग्रेसले पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने र ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पूर्व मन्त्री खड्काको निधनले अपूरणीय क्षति भएको ठहर गर्दै काँग्रेसले २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो । यसका साथै १३ दिन सम्म शोक पुस्तीका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय भएको छ ।