रेणु दाहालको धुर्मुस सुन्तली फाउण्डेसनलाई क्रिकेट स्टेडियमा चितवनमै बनाउन आग्रह

सहयात्रा टिभी

चितवन । चैत्र १९, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ध्रुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भरतपुर महानगरपालिका मै बनाउन आग्रह गरेकी छिन् । दाहालले पत्रकार सम्मेलन गरी क्रिकेट मैदानका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत गरेकी छन् ।

उनले चितवन सबै हिसाबले केन्द्र रहेकाले त्यहा स्टेडियम बनाउदा सबै भन्दा उपयुक्त रहने उनको भनाइ रहेको थियो ।

पछिल्लो समय कलाकार सीताराम कट्टेल ध्रुर्मुस विभिन्न बस्तिहरु निर्माणमा सक्रिय छन् । उनले हाल क्रिकेट स्टेडियम बनाउने घोषणा गरी जग्गाको खोजी तथा अन्य प्रक्रियामा रहेका छन् ।

प्रकाशित : 2 April, 2018

प्रतिक्रिया दिनुहोस्