भारत भ्रमणमा कुनै सन्धी हुँदैन : ओली

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २१, प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा कुनै पनि सम्झौता नहुने बताएका छन् । आज भएको पूर्व प्रधानमन्त्रीहरुसँग भएको भेटवार्तामा भारत भ्रमण देशको हितमा रहने बताएका छन् । प्रधानमन्त्री ओलीले कुनै नयाँ सन्धी सम्झौता नगर्ने र पुराना सम्झौतालाई कार्यन्वयनमा जोड दिने बताएका छन् । यसका साथै ओलीले यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, राजनीतिक विश्लेषक निलाम्वर आचार्य, परराष्ट्रविद् राजन भट्टरार्इ लगायत सँग छलफल गरेका थिए ।

प्रकाशित : 4 April, 2018

प्रतिक्रिया दिनुहोस्