भैसी आक्रमणमा परी एक जनाको मृत्यु

काठमाण्डौँ । चैत्र-२१, सोलुखम्बुमा भैसीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बाटोमा हिडिरहेको अवस्थामा भैसीले आक्रमण आक्रमण गरेपछि सोताङ गाउँपालिका–१ बस्ने ६९ वर्षीय गम्थ बहादुर बस्नेतको मृत्यु भएको हो।
उनलाई स्थानीय मंगलबार सोही ठाउँका टेक बहादुर बस्नेतको भैसीले सोताङ गाउँपालिका–२ स्थित तिनतलेमा बिहान ११ बजे आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएका बस्नेतलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको थियो ।