देशकै निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई कुनै खालको भेदभाव नगरी लगानीको वातावरण बनाउँछौँ :ओली

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २३, भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ दिल्लीमा भारतको व्यापारिक समुदायसँग सम्बोधन गर्दै भारतीय उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

भारत भ्रमणको पहिलो दिन ताज होटलमा आयोजित व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको बताउँदै लगनीमा गर्न भारतीयले ढिलो गरे पछुताउनु पर्ने अवस्था आउँने समेत बताएका छन् । नेपालले उदार अर्थतन्त्रको नीति लिएको भन्दै सरकारले वैदेशिक लगानीको संरक्षण गर्ने पनि प्रधानमन्त्री ओलीले जीकिर गरेका छन् ।

ओलीले नेपालमा स्थीर र दुई तिहाइ बहुमतसहितको बलियो सरकार बनेको बताउँदै देशलाई समृद्धिमा लैजान निजी क्षेत्र र सरकारकाबीचको साझेदारी महत्वपूर्ण हुने बताएका हुन् ।

प्रकाशित : 6 April, 2018

प्रतिक्रिया दिनुहोस्