“सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ” : मोदी

काठमाण्डौँ । चैत्र २४, भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश सागरसम्म सिधा जोडिने बताएका छन् । उनले भुपरिवेष्टित नेपाललाई समुन्द्रसँग जोड्न पनि सहयोगी भुमिका खेल्ने बताएका हुन । छलफलको क्रममा दुई देशबीच इनल्याण्ड वाटरवेको विकासका लागि दुई देशतर्फ यसको मोडालिटी, निमार्ण प्रक्रियाका क्षेत्रमा काम सहमति भएको थियो ।
मोदीले ३ चरणमा भएका निर्वाचनले लोकतान्त्रिक बाटोमा नेपाललाई अझ मझवुत बनाएको बताउँदै नेपालको सबै क्षेत्रको विकासका लागि भारत सधै तयार रहेको बताएका छन्।